एमालेले माग्यो गण्डकी प्रदेश सरकारको राजीनामा

नेकपा एमालेले गण्डकी प्रदेश सरकारको राजीनामा माग गरेको छ ।एमालेको संसदीय दलले आज बुधबार पत्रकार सम्मेलन गरी सरकारको राजीनामा माग गरेको हो । वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटमाथि निकास दिन नसकेको आरोप एमालेले लगाएको छ ।

दलका नेता तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गठबन्धन दलबीचको विवादले बजेट छलफल रोक्न नमिल्ने बताउँदै नैतिकताको आधारमा सरकारले राजीनामा दिनुपर्ने बताए । नेता गुरूङले नीति तथा कार्यक्रम टेबुल गर्दा मन्त्री नै अनुपस्थित हुनुको कारण माग गर्दै सरकारले मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् ।दलहरू भित्रको विवाद मुख्यमन्त्रीको समस्या भएको बताउँदै उनले संसद रोक्न नहुने तर्क गरेका छन् । मुख्यमन्त्रीले अर्थमन्त्री हटाउन सक्नुपर्ने वा मुख्यमन्त्री स्वयम्ले राजीनामा दिनुपर्ने तर्क नेता गुरुङको छ ।

गण्डकी प्रदेशमा असार १ गते बजेट पेश गरेपछि अहिलेसम्म संसद् स्थगित छ । अर्थमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा नराखेपछि सरकारले नै बजेट छलफल रोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?