सगरमाथा आरोहण गरेका प्रकाश दाहाल साकार को शालिक नुवाकोटको ककनीमा निर्माण गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान शालिक अनावरण गरे ।दाहालको शालिक नेपाल पर्वतारोहण संघले निर्माण गरेको हो । सोही शालिक प्रकाश दाहालको जन्मदिनको अवसर पारेर आज बिहान अनावरण गरिएको हो । शालिक राखिएको स्तम्भमा प्रकाश दाहालको जीवनीसमेत अंकित छ ।
२०६६ सालमा सुरु भएको लुम्बिनी–सगरमाथा शान्ति अभियान अन्तर्गत २०६९ साल जेठ १३ गते कृष्ण केसी नेतृत्वमा प्रकाश दाहाल, विना मगर, सरल सहयात्री, युवराज दुलाल शरद शिव डाँगी, मदन चुडाल र महेश्वर फुयालले सगरमाथाको सफल आरोहण गरेका थिए ।प्रकाश दाहाल प्रचण्डको कान्छो सन्तान हुन् । २०७४ साल मंसिर ३ गते उनको निधन भएको थियो ।





