धादिङको गल्छीमा बस दुर्घटना हुँदा ३० जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौँदीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।काठमाडौंबाट रौतहटका लागि छुटेको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस गएराति दुर्घटनामा परेको हो । बस सडकमा पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएका छन् ।

खाल्डाखुल्डी परेको र घुम्ती सडकका कारण दुर्घटना भएको थियो । दुर्घटनामा सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।सात जना गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?