एमालेद्वारा राष्ट्रियसभा बैठक बहिष्कार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बोल्न थालेपछि बहिस्कार गरेका छ ।एमाले सांसदहरुले शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने कार्यसूची थियो ।

एमाले सांसद भैरवसुन्दर श्रेष्ठले बैठकको सुरुमै आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रयोग गरी मुलुकलाई नै हानी पुर्याएकाले भन्दै निष्पक्ष छानबिनको माग गर्दै बैठक बहिष्कार गर्ने बताएका थिए ।त्यसपछि एमालेका सांसदहरु बैठकबाट बाहिरिएका थिए । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने प्रतिपक्षी दलको बहिष्कारका बाबजुद बैठकको कार्यसूची अगाडि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?