निजगढ पुगे गठबन्धनका शीर्ष नेताहरु

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् ।प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकनका लागि उनीहरु त्यहाँ पुगेका हुन् ।सर्वोच्च अदालतले निजगढ विमानस्थलबारे फैसला गरेको केही दिनमै गठबन्धनका शीर्ष नेताहरु अवलोकनका लागि त्यहाँ पुगेका हुन् ।

टोलीमा प्रधानमन्त्रीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता रहेका छन् ।उनीहरु आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?