सपनाको अवसान

बीबी श्रेष्ठ,सडकको सम्मुखमा पातीले बारिएको कटेरा, सुनसान वस्ती, जमघटका लागि पनि असम्भव, त्यही कुटीको बीचमा असङ्ख्य सपनाका बाढीहरू ।नयनको त्यो मृगतृष्णाको पर्खाई पनि कति कति । लाग्दथ्यो, यहि सपनाको बीचमा आशाका लाखौँ त्यान्द्रोहरू । प्रस्फुटनका लागि उकुशमुकुश, त्यो उकुशमुकुश वुझ्न सानो प्रयासमा सम्भावनाविहीन । लाग्दथ्यो, यहि सपनाको झाडीमा फूलेका फूलहरूले अकार ग्रहण गर्ला कि नगर्लान  मनभित्रको व्यथामा यो पापी समय सधैं अवरोधक बनिदियो ।

चाहना र आकांक्षाको भुमरीमा तैरिन खोज्ने सपनाहरू क्षितिजमा रहे पनि प्राप्तीको माध्याम अनिश्चित बनिदिदाँ मन भित्रका ज्वारभाटाहरू कयौँ दिन रात दन्किरह्यो । चुनौती र सम्भावनाका बीचमा आउने अवरोधहरू मस्तिष्कमा प्राप्तीका कल्पनाहरू अनगिन्ती रहे । समान्य विषयवस्तु तर समाजको अगाडि देखाउनुपर्ने वाध्यतामा ओत्न नसकेका पानीको थोपाले चुहिरहेको कुटी भित्र पनि नयनको स्पन्दनमा सधैं तारन्तार आइरह्यो । कुनै दिन त प्राप्ती अवश्य नै हुनेछ । सोचमा यहि खेल्नुको विकल्पमा अन्य रहेन ।

पुरातनवादी समाज, सोचको बन्धकता भित्रको तानाशाही आत्माहरू, अर्धचेत भए पनि घमण्डको राजा । यही भित्रको दास मानसिकतामा विवश हुनुबाहेक अन्य विकल्प थिएन । समाज उही, व्यक्तिको चेतना उही, तर दम्भ पनि उही, यहिभित्र हुर्केको असङ्ख्य सपनाको महलहरू जन्मन नपाउँदै तुहिने पो हो कि भन्ने, उत्कष्ट चिन्ता । समय बित्यो, त्यहीको निरन्तरता र भगवानलाई धिकार्नु र कर्मको खोट देखेर कल्पना र सपनामा फेरि पनि सपना देख्नुको विकल्पहीन यात्रा ।

भगवानमा पनि दया पलाएछ क्यारे, कर्मले पनि ओत ढाकेछ क्यारे, वरपरको हरियालीले पनि आनन्दित भएर खुशीयाली दिएझैं । वरपरको धानका बाला पनि झुलिरहेछ । झाडीभित्रका फूलहरूले पनि सुगन्ध दिइरहेको छ । संसारको सबै खुशीहरू पनि आफनै काखमा आएजस्तो । वर्षौंदेखिको सपनाले सार्थकता पाएको बेला, तर पनि मुख्य कारक सँगै नुहदाँ र विश्वास नहुदाँ पनि कहिँ कतै खल्लो भएजस्तो । तर, त्यो प्राथमिकतामा परेन । किनकी वषौंदेखिको सपनाले धर्तीमा बिराजमान भएछ । खुशीको कुनै सीमा नै छैन । लाग्दछ, यो धर्तीमा म जतिको खुशी कोही छैन, किनकी आज मैले जीवन पाएको छु, सम्पूर्ण चिज पाएको छु । मेरो मुटुको टुक्रा पाएको छु । अब मैले जितेको छु । यहि नै मेरो वाँच्ने आधार, यहि नै जीवन । धर्तीमा आगमन सँगै सबै खुशी, लाग्दथ्यो, सबै खुशी होलान्, त्यो निश्चल मस्तिष्कमा यहि मात्र छाइरह्यो ।

निश्चल आत्माको सोच र सपना गर्भ हुँदै धर्तीमा र बालापन हुँदै वयष्कसम्म आइपुग्दा कति जननीहरूको आत्माले शान्ति पायो होला सपनाको त्यो महल कति पूरा भए होलान् ती जननीहरूको सोच नै गलत होला कि हाम्रो सोच सोच्ने अधिकार सबैमा भए पनि सोचको सार्थकता भित्रको आत्माको पुकारले कति न्याय पायो होला साँच्चै प्रकृतिको यो अनुपम छटालाई बुझ्न सकिएमा त्यो सपनाको अवसान हुन्थेन कि ‘।त्यो सपनाको अवसान हुन्थेन कि

सोचको एकाकारले सबैलाई त्यसैमा केन्द्रित बनिदियो । जुन उसले वर्षौंदेखिको सपना देखेको थियो, जुन उसको काखमा अन्योन्याश्रित बनेर हेरिरहेको थियो । वातावरण प्रतिकुलता रहँदा आँखामा छल्किएको त्यो आँशु भन्दा लाखौं गुणा बढी त्यो सपनाको आँखाबाट बगिरहेको थियो ।जीवनका सबैभन्दा सुन्दर पल पनि त्यहि अवोधतामा प्राप्त भएक्यारे । वर्षौंदेखि हेपिएका, गुम्सिएका सम्पूर्ण पीडाहरू एकाएक खुशीका बाढीहरू बने क्यारे । अवका जीवन नै आफ्नो नभए जस्तो । सम्पूर्णता नै त्यहि सपनामा बिलिन भएजस्तो । बाँचेको छ केवल त्यही जीवनका लागि, खुशीका लागि । अब विस्तारै सम्पूर्ण देखिएका सपनाहरू साकार हुनेछन् । खुशीहरू एक पछि अर्को हुँदै आसिन हुनेछन् । प्रसिद्धीले शिखर चुम्नेछ । धर्ती नै बल्नेछ । त्यहीभित्र हिजोका सम्पूर्ण पीडाहरू पुरिनेछन् र नयाँ पालुवा जन्मनेछ ।

समयको निरन्तरताको उपज हो वा मानसिकताका दिवास्वप्न । चेतनाको कमी होस वा खुशीको उन्माद । खुशीको पनि निश्चित मात्रा हुन्छ, सायद त्यो नै सत्यता होला । विश्वासको पनि सीमा होलान् । त्यसको मापनतामा चेतनाको कमी । मानव जीवनको सबैभन्दा ठूलो भुल यही हुनुपर्दछ । त्यही भुलभित्र सपना देख्नेहरूको बग्रेल्ती भीडले संसार नै ढाकेका छन् । त्यही ढाकेका संसारभित्र सम्हालिन सक्नेहरू नियमनभित्र परे, अरु सबै अफसोच ।

अन्तत्वगोत्व, उही निरन्तरता मात्र । सपना देख्नु, कल्पना गर्नु व्यक्ति वा जीवितताको अधिकार भए पनि त्यसको आवश्यकीय मात्रामा रहन नसक्नु नै जीवनको मुख्य भुलहो क्यारे त्यही भुलमा अभ्यस्त बनेर बाँच्न लालयित बनिरहेका छन् । सपनाको फूलहरू सजाइरहँदा, त्यो फूल फुलेर कोपिला हुँदै, सुगन्धित भइरहँदा त्यो मनोकांक्षा त्यो वृक्षले कति प्राप्त गर्यो होला रुत्यो सपनाको जननीले प्राप्तिको आनन्दीमा कति आभास गर्यो होला रु त्यसको वोध त्यो जननीले गर्यो कि गरेन होला खुशीको चाङ्गमा टेकेर अन्य खुशीको चाहना गर्यो कि त्यसमा नै आत्मरति गर्यो होला

साँच्चै त्यो अमुक आत्माभित्र यो भौतिकवाद सधैं अवरोधक बन्छ क्यारेनिश्चल त्यो सोचभित्र पनि यही भौतिकता हाबी हुन्छ क्यारे जसले सधैं सुन्दर सपनाको अवसान बनिदिन्छ क्यारे आत्माको पुकार र चाहनामा भौतिकवाद भए पनि आत्मा सुगमता सधैं अमर रहन्छ क्यारे । आत्माभित्रको सोच र सपना गर्भ हुँदै धर्तीमा र बालापन हुँदै वयस्कसम्म आइपुग्दा कति जननीहरूको आत्माले शान्ति पायो होलासपनाको त्यो महल कति पूरा भए होलान ती जननीहरूको सोच नै गलत होला कि हाम्रो सोच को आलिङ्गन धर्तीमा विलिन हुने अन्तिम पलमा देखिएको त्यो नयनभित्र विलिन भयो कि भएन

साँच्चै सोचको विविधताभित्र हराउनु नै निश्चल आत्माको पुकार होला । धर्तीमा अवतरणपश्चातको घटनाक्रम त्यो निश्चल आत्माको पुकारको अवरोधक मात्र रहेछ, जसलाई हामीले जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष ठानेर अनवरत रूपमा बोकेर हिँडिरहेका छौँ । साँच्चै प्रकृतिको यो अनुपम छटालाई बुझ्न सकिएमा त्यो सपनाको अवसान हुन्थेन कि.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?