पटक–पटक स्थगित हुँदै आएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बेस्दै भएको छ ।बैठकमा संगठनलाई पूर्णता दिने पदाधिकारी चयन लगायत कार्यसूची रहेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जनाएका छन् ।केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन पनि कार्यसूचीमा रहेको उनले बताए ।बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा पनि हुने बताइएको छ ।





