मोरङको रंगेलीमा पानी जमेको खाल्डोभित्र युवतीको शव फेला

मोरङको रंगेलीस्थित पानी जमेको खाल्डोभित्र युवतीको शव भेटिएको छ ।सोमबार विहान मोरङको रतुवामाई नगरपालिका–२ डोरियामा पानी जमेको खाल्डोभित्र करिब २५ वर्षीया युवतीको शव फेला परेको हो ।विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान भएको छैन ।जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धन सुरु भएको जनाएको छ ।शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?