परिवारलाई ८ लाख दिने सहमतिपछि उठाइयो केएमसीकी कर्मचारीको शव

शनिबार राति मृत फेला परेकी केएमसी स्कुल बुद्धनगरकी कर्मचारी रमा रायमाझीको शव दुई दिन पछि उठाइएको छ।विद्यालय प्रशासन र आफन्तबीच मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने सहमतिपछि शव राति नै उठाएको काठमाडौं परिसरका निमित्त प्रमुख एसपी दिनेशराज मैनालीले बताए।

शनिबार साँझ स्कुलकै होस्टलमा मृत फेला परेकी रायमाझीको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका थिएनन्। तर प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान हुने र पोष्टमार्टमपछि मात्रै प्रारम्भिक कुराहरु खेल्ने भन्दै पोष्टमार्टमका लागि शव उठाउन दिन आग्रह गरेको थियो।शनिबार र आइतबार पनि पटक पटक भएको छलफलमा राति मानवअधिकार आयोगका अधिकारीसहितको छलफलमा सहमति जुटेको हो। शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?