चट्याङ लागेर प्युठानमा २ जनाको मृत्यु, ९ घाइते

प्युठानको ऐरावती गाउँपालिका ६ बिजुलीकोटमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए प्रहरी नायव उपरीक्षक थापाका अनुसार सोमबार राति परेको चट्याङ लागेर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।चट्याङ लागेर ऐरावतीको वडा नं ६ का ५ जना र वडा नं १ दाङवाङका ४ जना गरी ९ जना घाइते छन् । त्यसमध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले जानकारी दिए । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?