आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।सरकारले आजको बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ ।संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची रहेको छ ।यसअघि मन्त्रिपरिषदको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरिसकेको छ ।





