बाजुराको बुढीगङ्गा नगरपालिकाको तीन वटा वडामा नेकपा ९एमालेका उम्मेदवार विजयी भएका छन् ।शनिबार विहानको मतगणनामा ९ नम्बर वडामा पनि एमाले निर्वाचित भएको हो । यसअघि एमाले १ र १० नम्बरमा वडा अध्यक्ष जितिसकेको छ ।बुढीगंगा नगरपालिका वडा नं ९ मा दुई गुणा मतान्तरले एमाले उम्मेदवार विजयी भएका छन् ।
एमालेका मीनबहादुर सिंहले गठबन्धनका भरतबहादुर थापालाई फराकिलो मतान्तरसहित पराजित गरेका हुन् ।गठबन्धनबार नेकपा एकीकृत समाजवादीका उम्मेदवार थापाले २९३ मत ल्याउँदा सिंह ४९२ मतसहित विजयी भएका हुन् ।यसअघि वडा नम्बर १ र १० मा पनि एमाले उम्मेदवार विजयी भइसकेका छन् ।त्यस्तै, मेयर र उपमेयरमा पनि एमालेकै उम्मेदवारहरुको अग्रता रहेको छ ।
हालसम्म ३,६४८ मत गणना हुँदा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २,१९६ मतसहित अगाडि छन् भने नेपाली कांग्रेसका मेयर उम्मेदवार रंगबहादुर खातीले १,२३९ मत ल्याएका छन् ।त्यस्तै, उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुवँरले २,१७२ मतले अघि छन् भने कांग्रेसकी उपमेयर रीता शाहीले १,२६२ मत पाएकी छन् ।मेयर र उपमेयरमा क्रमशः ९५७ र ९१० मतले एमालेका उम्मेदवार अघि छन् ।





