माधव नेपालले जीवनकै ठूलो गल्ती गरेका छन्, प्रायश्चित्त गर्नुपर्नेछ ः घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपाएकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति लत्याएर जीवनकै ठूलो गल्ती गरेको बताएका छन् ।भुसालले सामाजिक सञ्जालमार्फत माधव नेपालले पार्टीको एकता जोगाउन गरिएको १० बुँदे सहमतिलाई लत्याएर जीवनकै सबैभन्द्या ठूलो गल्ती गरेको बताए ।

भुसालले लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’त्यस्तै, केपी शर्मा ओलीले ४० प्रतिशतले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउँदा विरोध गर्ने नेपालले २० प्रतिशत ल्याउन लगाइ पार्टी विभाजन गर्नु महाभूल भएको भुसालको टिप्पणी छ ।उनले ढिलो वा चाँडो नेपालले प्रयाश्चित गर्ने दिन आउने बताएका छन् ।

यस्तो छ भुसालको टिप्पणीः

माधवको दोहोरो निती
आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् । कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए । त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?