सत्तारूढ जनता समाजवादी पार्टी नेपाल जसपा फेरि विभाजन भएको छ ।मंगलबार विभाजनको औपचारिक घोषणा हुनेछ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईबीच विवाद चुलिएपछि जसपा विभाजित भएको हो ।उनीहरुले यसअघि नै सहमतिमै छुट्टिने जनाइसकेका छन् ।भट्टराईले भने जसपाबाट फुटेर गएका महन्थ ठाकुरसँग एकता गर्ने बताइएको छ ।भट्टराई पक्षको मंगलबार र वुधबार जडिबुटीमा बस्ने बैठकबाट नयाँ पार्टीको घोषणा गरिने तयारी छ ।उता यादवले विस्तारित बैठक वुधबार र बिहीबार विरगञ्जमा आयोजना गरेका छन् ।यसरी छुट्टै केन्द्रीय समिति डाक्नुले जसपा औपचारिक रुपमा विभाजित भइसकेको देखिन्छ ।





