पाल्पा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार गैरे भन्छन् : म देशको व्यवस्था भन्दा पनि अवस्था बदल्न राजनीतिमा आएको हुँ ।

निराजन पौडेल
तानसेन, पाल्पा
असार २८

जनताहरूमा राजनीति र राजनैतिक दलप्रति वितिष्णाभाव झल्किरहेको परिवेशमा विभिन्न युवाहरू स्वतन्त्र उम्मेदवारको रूपमा नेपाली राजनीतितर्फ वामे सरिरहेका छन् । यस यात्राबाट कोहि गन्तव्यलाई चुमि राष्ट्र निर्माणमा अनबरत रूपमा खटिन्छन् त कोहि चाहि प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा राज्य चालकहरूलाई झक्झकाई रहेको तपाई हाम्रा अघी छर्लङ्ग छ । यसबाट हामी के बुझ्न सक्छौँ भने नेपाली जनताहरू अब व्यवस्था भन्दा पनि अवस्था बदलिएको हेर्न चाहान्छन् ।

यस्तै विचार बोकेका एक युवा हुन् पाल्पा जिल्ला बगनासकाली गाउपालिका पोखराथोकमा जन्मीएका उपेन्द्र राज गहिरे । वि सं २०४५ सालमा जन्मिएका गहिरे प्रतिनिधि सभा चुनावको मीती घोषणा हुन बाँकि रहेको परिपेक्षमा पाल्पा जिल्ला क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारको रूपमा उभिएका छन् ।

लामो समयदेखि समाजमा देखा परेका कुरिती, विसङ्गतिको विरुद्धमा सधै स्वतन्त्र रूपमा आवाज उठाई समाजलाई प्रगतिशील पथमा डोहोर्याउनुमा गहिरेको उल्लेखनीय भुमिका रहेको छ । लोकमान सिहं कार्की विरुद्धको आन्दोलन होस् या डा. केसी को समर्थनमा, Enough is Enough  को Campaign होस् या युवाका आवाजको लागि गरिएका आन्दोलनमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा सहयोगीको भुमिका निर्वाह गरेका गहिरेले महाभुकम्प देखी कोरोना कालसम्म निरन्तर दुखि, गरीब, विपन्न नागरिकहरूको जीवनमा मलम बनेका थिए ।

भारतबाट कम्प्युटर एप्लिकेसन्मा स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका उनी पुराना राजनैतिक दलभित्र मौलाइरहेको विकृतिको अन्त्य गर्न र देशमा आर्थिक संवृद्धि ल्याउन आफूले स्वतन्त्र उम्मेद्वारी दिएको बताउछन् । पुराना राजनैतिक दलबाट अब देशको भविष्य नभएको र अब सबै जनताले एकपटक पुनः सोच्ने बेला आएको उनी दावी गर्छन् ।

स्वतन्त्र उम्मेदवारको रूपमा देखिएका गहिरेले राज्य शासन प्रणालीमा डिजिटल शासन प्रणाली, प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधान मन्त्री हुनु पर्ने धारणा अघि सारेका छन् । उनी भन्छन् “अब समग्र देशको विकास र संवृद्धिको खातिर युवा नेतृत्वको खाचो रहेको छ, युवाले राज्य सञ्चालनको माथिल्लो निकायबाटै नेतृत्व वहन गर्ने हो भने कुनै पनि कुरा असम्भव छैन ।  केहि समयमा नै देश विकासको पथमा लम्किन्छ् यो कुरामा कुनै दुई मत छैन । ”

क्षेत्र नं २ बाट आफूले स्वतन्त्र उम्मेद्वारी दिएको र आफूलाई विभिन्न व्यावसायी युवा, महिला तथा आम नागरिकको साथ र समर्थन रहने कुरामा उनी पूर्ण विश्वस्त रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?