प्रचण्ड शुक्रबार भारत जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने भएका छन् ।भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपां) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेका हुन् ।

उनी भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । यद्यपि अन्य कार्यक्रमबारे भने केही खुलाइएको छैन ।त्यस्तै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतलाई भेट्ने पनि बताइएको छ ।सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि भारत भ्रमणमै रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?