उपसभामुखमा कांग्रेसकी पुष्पा भुसालको उम्मेदवारी

प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवार बनेकी छन् ।केही बेरअघि उनले माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मी कुमारी चौधरीको समर्थनमा उम्मेदवार मनोनयन दर्ता गरेकी हुन् ।आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?