सन् २०४० सम्ममा जब अमेरिकी जनसङ्ख्या ३८ करोडको हारहारीमा हुनेछ, त्यहाँको जनसङ्ख्या लगभग कुनै अन्य धनी लोकतन्त्रको भन्दा कम हुनेछ र काम गर्ने उमेरको जनसङ्ख्या अझै बिस्तारित हुनेछ ।सूचकहरू ठीकठाक रहे आगामी चार महिनामा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्नेछ । अहिलेको जनसङ्ख्या ७ अर्ब ९५ करोडभन्दा बढी छ । १२ वर्षअघि विश्वको जनसङ्ख्या सात अर्ब थियो ।थपिएको आठ अर्बमध्ये आधा एसियाको जनसांख्यिक विस्तारको परिणाम हो । कात्तिकभित्र जनगणनाको पूर्ण विवरण आउँदा करिब तीन लाख जनसङ्ख्या थपिएर नेपालको जनसङ्ख्या २ करोड ९४ लाख पुग्ने अनुमान छ यो तथ्यांकको रोचक तथ्य के हो भने आठ अर्बको वैश्विक जनसङ्ख्या वृद्धिमा सबैभन्दा बढी योगदान नेपालको छिमेकी मुलुक भारतको छ । भारतले जनसङ्ख्याको आकारमा सन् २०२३ मा चीनलाई पनि उछिन्ने प्रक्षेपण छ । एसिया र अफ्रिकाले ९ अर्ब पुगुञ्जेलसम्म जनसङ्ख्या वृद्धिको नेतृत्व गर्नेछन्, जुन सन् २०३७ सम्म पूरा हुनेछन् ।
विश्वमा अहिले सबैभन्दा बढी चीनमा १ अर्ब ४५ करोड र दोस्रो भारतमा १ अर्ब ४० करोडको हारहारीमा जनसङ्ख्या छ । अमेरिकाको जनसङ्ख्या ३३ करोड मात्र छ । राष्ट्रसंघीय जनसङ्ख्या कोषले सन् २०८० को दशकमा विश्व जनसङ्ख्या करिब १०।४ अर्बसहित उच्च विन्दूमा पुग्ने र सन् २१०० सम्म त्यही आसपास स्थिर रहने प्रक्षेपण गरेको छ । औसत आयुमा भएको वृद्धि तथा घट्दो शिशु तथा मातृ मृत्युदरका कारण जनसङ्ख्या पहिलेभन्दा धेरै बढिरहेको विश्लेषण गरिएको छ ।
यो एक सफलताको कथा हो । प्रलयको दिनको परिदृश्य होइन’ उनको टिप्पणी छ, ‘चुनौतिका बीच पनि हाम्रो विश्व इतिहासको अहिलेसम्मकै एउटा यस्तो बिन्दुमा छ, जहाँ धेरै मानिस शिक्षित र स्वस्थ जीवन बाँच्ने अवस्थामा छन् ।’सन् १८५० मा अमेरिका २३ मिलियन मानिसको घर थियो जुन फ्रान्सको भन्दा १३ मिलियनले कम थियो । आज अमेरिकाको जनसङ्ख्या ३३ करोड छ । यो जनसङ्ख्या बेलायती, नेदरल्याण्ड, फ्रान्सेली, जर्मन र इटली जनसङ्ख्या भन्दा उच्च हो । एक शताब्दीदेखि अमेरिकासँग संसारकै धेरै दक्ष सीपयुक्त मानिसको पुँजी छ र संसारकै शिक्षित मानिने समाज पनि ।
सन् २०७० को दशकदेखि भारतमा मध्यम गतिमा प्रजनन दर कायम छ । प्रक्षेपणअनुसार भारतीय जनसङ्ख्या सन् २०५० सम्ममा बढेर १ अर्ब ७० करोड पुग्नेछ । सन् २०७० पछि मात्र भारतमा वृद्धिदर घट्दै जाने विज्ञहरू बताउँछन् । अहिले भारतीय जनसङ्ख्याको करिब एक तिहाइ ३५ वर्ष मुनिको छ । नरेन्द्र मोदी सरकारले लाखौं युवालाई रोजगारी दिने र नवप्रवर्तन व्यवसायलाई प्राथमिकता दिने बताएपनि बेरोजगारी भारतीय जनसङ्ख्याको ठूलो चुनौति हो ।तर, भारतको जनसङ्ख्या वृद्धि यतिबेला सरकारले तोकेको मापदण्डभन्दा बाहिर पिछडिएका राज्यहरूमा भइरहेको छ, जहाँ गरिब, अति गरिब, अशिक्षित र कुपोषित जनसंख्या बढी छ । भारतमा सहर र गाउँबीच विभाजन पनि बढ्दो छ । भारतका सहरले उच्च आय, जागरुकता, गर्भनिरोधक साधन, शिक्षा, स्वास्थ्यको कारणले जनसङ्ख्या वृद्धिलाई सन्तुलन मिलाइरहेको छ । भारतीय सहरका अधिकांश परिवारमा बढीमा दुई सन्तान छन् ।
अधिकांश मानिस गरिबीको रेखामुनि धकेलिएपनि कूल जनसङ्ख्यामा कमी नआएसम्म प्रतिव्यक्ति आयमा सुधार हुन सक्दैन । प्रतिव्यक्ति आय भारत र विकसित विश्वबीचको ठूलो खाडल हो, यद्यपि भारतको कूल गार्हस्थ उत्पादन प्रमुख अर्थतन्त्रमध्ये छिटो बढिरहेको छ । आगामी २०२६–२०२७ सम्म भारतको कुल ग्राहस्थ उत्पादन ९जीडीपी०को आकार ५ ट्रिलियन डलर हुने अनुमान छ ।चीनको स्थिर जनसङ्ख्या र भारतको बढ्दो जनसङ्ख्याबीच छिमेकी नेपाल पनि कमजोर प्रजनन दरसँग संघर्ष गरिरहेको छ । कम जनसङ्ख्यालाई लिएर अमेरिकी थिंक ट्यांकले गरिरहेको चिन्ताले स्पष्ट सन्देश दिएको छ– जनसङ्ख्या गणित मात्र नभएर महाशक्ति बन्नुको पूर्वसर्त हो । भारत र चीनको यो यो विशाल ‘डेमोग्राफिक सिफ्ट’को ठूलै अर्थ छ । खुला सिमाना र सांस्कृतिकरूपमै पनि निकट हुनुको अर्थले भारतले लिने जनसांख्यिक लाभ र हानीको प्रभाव नेपालमा पर्नेछ ।





