सत्ता स्वार्थकै लागि दलहरुले जे पनि गर्ने गरकोले देशमा विदेशी हस्तक्षेप बढ्यो – राप्रपा अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद राजेन्द्रप्रसाद लिङदेनले पछिल्लो समय देशको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । अध्यक्ष लिङदेनले पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा भईरहेको अतिक्रमणले देशको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताउनुभएको हो । उहाँले सबै दलहरुसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन सरकारसँग आग्रह समेत गर्नु भयो ।

पृथ्वीनारायण शाहका दिव्यउपदेशलाई अनुशरण गरेर अघि बढ्न सके त्यसले देशको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने पनि अध्यक्ष लिङदेनले दावी गर्नु भयो । नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाण्डौमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले सत्ता स्वार्थकै लागि दलहरुले जे पनि गर्ने गरकोले देशमा विदेशी हस्तक्षेप बढ्न गएको तर्क समेत गर्नु भयो ।

‘सुघौली सन्धिपछि पछिल्लो समय नेपालको परराष्ट्र सम्बन्ध कमजोर भएको छ भन्ने मर्लाइ लाग्छ । हस्तक्षेपहरु गोलाबारुदको साथमा मात्रै नआउने रहेछ । र, सम्बन्धहरु एक ढंगले मात्रै परिभाषित नहुने रहेछु, अध्यक्ष लिङदेनले भन्नु भयो, हामीले आफ्नो सत्ता स्वार्थका लागि जे पनि सम्झौता गर्न तयार हुन्छौं । हस्तक्षेपहरु त आउने नै भयो । विदेशीहरुको समर्थन नलिईकन सत्तामा टिक्न सकिँदैन भन्ने मान्यतालाई बल दिन थाल्यौँ भने त्यो त हस्तक्षेप बनेर आउनेनै छ ।

नेपालको असंलग्नता, तटस्थता, पञ्चशीलको सिद्धान्तलाई जोसुकै पार्टीको सरकार भए पनि साझा मान्यताको रुपमा अगाडि लिएर जानुपर्ने उहाँको भनाइ छ ।@ ujyaaloonline

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?