२७ किलो युरेनियम खोजीमा भारतीय सुरक्षाकर्मी नेपालमा

.भारतीय सुरक्षाकर्मी युरेनियमको खोजी गर्न नेपाल आएको छ ।एक सातादेखि नै भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन सिबिआई र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ र(अ) को ६ सदस्यीय टोली नेपालमा रहेको बताइएको छ ।नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो युरेनियम खोज्न भारतीय सुरक्षाकमी  परिचालित भएको बताइन्छ सशस्त्रले अपरेशन चलाएको र नेपालका सुरक्षा निकायसँगको समन्वयमा भारतीय टोलीले पनि युरेनियमको खोजी गरिरहेको बताइएको छ । यद्यपि नेपाल प्रहरीले भने यसबारे जानकारी नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?