हुमा सुर्यबंसी । पाल्पा श्रावण १६ ।तानसेनमा रहेर विभिन्न सघं संस्थामा क्रियासिल रहेका महिलाहरुको वृहत भेला सम्पन्न भएको छ । भेलामा सहभागिहरुले सृष्टिकर्ता महिला भएकोले समाज परिवर्तनमा महिलाको भुमिका अग्रभागमा हुनुपर्नेमा जोड दिएका छन् ।भेलाले महिला, बालबालिका, युवा, जेष्ठ नागरीक, शारिरीक रुपमा अशक्त, दलित, सिमान्तकृत, सामाजिक रुपमा पछाडी पारिएका वर्गको हकहितको लागि सारथी नेपाल नामक संस्था स्थापना गर्ने निर्णय गरेको छ । भेलाले नारायणी खनालको अध्यक्षतामा ११ सदस्यिय तदर्थ समिति समेत गठन गरेको छ । राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेको विषेस उपस्थितीमा भएको भेलाले राजनीतिक आस्था र राजनीतिक प्रभाव बिना महिला, बालबालिका तथा युवा वर्गको हितमा प्रतिबद्धताका साथ लागि पर्ने निर्णय समेत गरेको छ ।
भेलालाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले सारथी नेपाल नाम जस्तै यो समाजको विकृति विसंगति चिर्नको लागि जनचेताको सारथी बनेर उदाउन सकोस भनेर शुभकामना दिनुभयो । उहाँले हजारौ सघंसस्थाको बीचमा अर्को एउटा संस्थाको नाम थपिनु मात्रै ठुलो नहुने भन्दै नाम जस्तै काम हुनुपर्नेमा जोड दिनुभयो ।

महिला बालबालिका तथा जेश्ठ नागरिक मन्त्रि रमा घर्तीले विभिन्न संघ सस्थामा क्रियासिल पृथक आस्था भएका महिलाहरुले एउटै उद्देश्य लिएर एकबद्ध हुनु सराहनिय कार्य भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश योजना आयोग लुम्बिनी प्रदेश सदस्य विष्णुमाया थापाले पछिल्लो समयमा शिक्षा र प्रविधिको विकास सँगै महिला माथि हुने हिंसाले विकराल रुप लिएको बताउनु भयो । उहाँले यसको न्यूनीकरणमा सारथी नेपाल प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
तानसेन स्थित होटल सिम्रिकको सभाहलमा सम्पन्न भेलाले माननिय राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका माननिय मन्त्रि रमा घर्ती, तानसेन नगरपालिकाका उपमेयर प्रतिक्षा सिंजाली सहितको संरक्षक समिति र पुर्व संविधान सभा सदस्य माननिय लिला सोमै, प्रदेश योजना आयोग सदस्य लुम्बिनी प्रदेशका विष्णुमाया थापा, तानसेन नगरपालिकाका कार्यपालिका सदस्य द्वय मञ्जु वि.क र लक्ष्मी विश्वकर्मा, त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक भेषराज सुवेदी सहितको पाँच सदस्यि सल्लाहाकार समिति समेत गठन गरेको छ ।





