महंगीविरुद्ध काठमाडौंमा एमालेले आज वृहत प्रदर्शन गर्दै

नेकपा एमालेले महंगीविरुद्ध काठमाडौं उपत्यकामा वृहत प्रदर्शन गर्ने भएको छ ।सरकारले मंगही नियन्त्रणमा कुनै कदम नचालेको एमालेले दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा प्रदर्शन गर्न लागेको हो ।केही दिनअघि पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको बैठकले महंगीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।प्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?