मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले अभियान नेपाल (अर्फान होम) तानसेन पाल्पालाई शनिवार खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । मेगा बैंकका लुम्बिनी प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफ्नो आम्दानीमध्येबाट थोरै रकम भएपनी सामाजिक सेवामा लगाउने सोचका साथ स–सानो रकम स्वेच्छिक रुपमा संकलन गरि उक्त रकमबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत अभियान नेपाल (अर्फान होम) तानसेनलाई मेगा वैंकका लुम्बिनी प्रदेश प्रमुख विश्व पौडेल, प्रदेश वजार प्रमुख आविश्कार खनाल, प्रदेश कर्पोरेट रिलेशनसिप म्यानेजर सरोज भण्डारी तथा तानसेन शाखा कार्यालयका कर्मचारीहरुको उपस्थितिमा खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । कार्यक्रममा अर्फान होमका विद्यार्थीहरुलाई चामल, दाल, तेल, विद्यालय झोला, टिफीन बक्स र पानीको वोटलहरु वितरण गरिएको तानसेन शाखाका शाखा प्रबन्धक विष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो ।



बैंकले सहयोग स्वरुप प्रदान गरिएका सामाग्रीहरुले वालवालिकाहरुलाई पठनपाठनमा सहयोग पुग्ने विश्वास गरिएको छ । उक्त कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेश प्रमुख विश्व पौडेलले वैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत कर्मचारीहरुबाट स्वेच्छिक संकलन गरिएको रकमले यस्ता किसिमका सहयोगका कार्यक्रमहरु गरिएको बताउनुभयो । पौडेलले मानव सेवा नै सर्वोपरी सेवा भएको भन्दै यस्ता सहयोगी कार्यक्रमहरु निरन्तर गर्दै जाने विचार व्यक्त गर्नुभयो । प्रदेश वजार प्रमुख आविश्कार खनाल, तानसेन शाखाका शाखा प्रबन्धक विष्णु प्रसाद भण्डारीले कार्यक्रमका विषयमा आफ्ना धारणाहरु राख्नुभएको थियो ।



संस्थाका अध्यक्ष पून नारायण श्रेष्ठले वैंकका कर्मचारीहरुद्धारा स्वेच्छिक संकलन गरिएको रकमले विद्यार्थीहरुलाई राहत वितरण गरेकोमा उत्साहित भएको बताउदै, धन्यवाद ज्ञापन गर्नुभयो । बैंकले शुक्रवार नेपालगञ्जको मानवसेवा आश्रम, शनिवार दाङ्गको घोराहीमा रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा समेत विभिन्न सामाग्रीहरु वितरण गरि सहयोग गरेको छ । साथै रुपन्देहीको सैनामैना र अमुवा, नवलपरासीको वर्दघाटमा समेत यस्तै प्रकारका सामाजिक कार्यहरु आगामी हप्ता सम्पन्न गर्ने मेगा बैंक लुम्बिनी प्रदेशका प्रदेश प्रमुख विश्व पौडेलले जानकारी दिनुभयो ।





