पाल्पा प्रहरी भन्छ -तथ्याङकमा घड्दो तर आत्महत्याको दर डरलाग्दो छ

नारायण न्यौपाने ।पाल्पामा आत्महत्या गरी ३ वर्षमा २ सय ३१ जनाले ज्यान गुमाएका छन । आर्थिक वर्ष ०७६।७७ मा ८२ जनाले आत्महत्या गरेका छन भने ०७७।७८ मा ७७ जनाले आत्महत्या गरेका छन । प्रहरीको तथ्याङक अनुसार ०७८।७९ मा आत्महत्या गर्ने ७२ जना छन । ३ वर्षको तथ्याङकले प्रत्येक वर्ष आत्महत्या गर्नेको सङख्या ५ जना घटेको देखिएपनी यो अधिक भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी जनक बहादुर शाहीले बताए । २ सय ३१ जना मध्य २ सय २६ जनाले आफै निर्णय गरेर आत्महत्याको बाटो रोजेको तथ्याङकले देखाएको छ । ३ वर्षमा जम्मा ५ जनाको आत्महत्याको विषयमा मात्र आत्महत्या दुरुत्साहानको कशुरमा मुद्दा चलाइएको छ ।


आत्महत्या गर्ने २० देखि ४० वर्षको उमेर समुहका धेरै रहेको सुचना अधिकारी डिएसपी बिरेन्द्र थापाले बताए । उनका अनुसार २ सय २ जनाले झुण्डिएर आत्महत्या गर्ने गरेका छन । पारिवारिक तनाव, गलत काम पछिको सामाजिक प्रतिश्ठा, आर्थिक कारोवारको तनाव, विचलन तथा मानसिक अवस्था र आत्महत्याकै प्रभावले घटनाहरु बढेको प्रहरीको भनाई छ ।

प्रहरीले चेतना अभावको कारणले अनाहकमा यस्ता घटना बढेको भन्दै सामाजिक चेतनाको अभियान समेत चलाएको छ । तर प्रहरी आफै यसबाट खुशी भने छैन । प्रहरीले गत आर्थिक वर्षको अवधिमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २ सय ६१ वटा सचेतनामुलक कार्यक्रम समेत गरेको छ । ‘सचेतनामुलक कार्यक्रम कम भएको छ, हामिले धेरै गर्नुपर्ने छ तर आर्थिक अभावका कारण समस्या छ’, पाल्पा प्रहरी प्रमुख एस.पी शाहीले भने, ‘यसपटक स्थानीय तहलाई सहयोगका लागि पत्राचार गरेका छौँ त्यसबाट कार्यक्रमको प्रभावकारीता बढ्ने विश्वास लिएका छौँ ।’
आत्महत्यका न्यूनिकरणका लागि सवै सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा प्रहरीले जोड दिएको छ । प्रहरीले पत्रकार सम्मेलन मार्फत आफ्नो तथ्याङक प्रस्तुत गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?