कारले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हरिवन नगरपालिका ११ बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुंगेल रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।ना।३३प २२९५ नम्बरको मोटरसाइकलमा सवार ढुंगेललाई हरिवन नगरपालिका १० स्थित नयाँ रोडमा बा।७च ९२२२ नम्बरको कारले ठक्कर दिएको थियो ।गम्भीर घाइते भएका उनको हरिवनमै प्राथमिक उपचारपछि वीरगञ्ज पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?