गृह मन्त्रालयले गठन गर्‍यो निर्वाचनलक्षित ‘केन्द्रीय कमाण्ड पोष्ट’

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी गृह मन्त्रालयले ‘केन्द्रीय कमान्ड पोष्ट’ गठन गरेको छ ।गृहमन्त्रालयमा आज सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सम्पन्न गर्न मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोष्ट’ गठन गरेको हो ।

बैठकले गृहमन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ समेत बनाउने निर्णय गरेको छ ।त्यस्तै प्रत्येक प्रदेशका लागि सम्पर्क र समन्वयका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल’ बनाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा सांगठनिक आवश्यकता अनुसार निर्वाचन सेल बनाउन सक्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?