आफ्ना माग पुरा नभएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ।सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै परिषदले आन्दोलन भदौ १२ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द गर्ने बताएको हो।
परिषद्ले योसंगै आन्दोलनका अन्य कार्यक्रम पनि सार्वजनिक गरेको छ। जसअनुसार आगामी भदौ ९ गते खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म विरोध र्याली, १० र ११ गते डिजिटल आन्दोलन र १९ गते काठमाडौंमा बृहत प्रर्दशन गर्ने परिषद्ले बताएको छ।





