मेयर बालेनले वास्ता नगरेपछि व्यवसायी थप आक्रोशितकाठमाडौंका फुटपाथ व्यापारीहरू काठमाडौं महानगरपालिकाविरुद्ध आन्दोलित हुँदै प्रदर्शनमा उत्रिएका छन् ।काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि विभिन्न माग राखेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी अहिले महानगरको कार्यालयअगाडि पुगेर नाराबाजी गरिरहेका छन् ।
उनीहरुले मेयर बालेनलाई भेटेर ज्ञापन पत्र बुझाउन खोजे पनि वास्ता नगरेको भन्दै नाराबाजी गरेका हुन् । उनीहरुले हामी बाँच्न पाउने अधिकार सुनिश्चित गर, रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसबासको ग्यारेन्टी गर, श्रमको सम्मान गर, नगर प्रहरीको अत्याचार बन्द गर, विना विकल्प धोका दिन पाइदैन जस्ता नारा लगाएका छन् ।महानगरले फुटपाथ व्यवस्थापन भन्दै साना व्यवसायीलाई हटाएकोमा उनीहरू आक्रोशित छन् ।





