नक्कली कागजपत्र पेस प्रकरण केकी भन्छिन्, ‘दोषी उपर कारवाही होस्’

नर्वेमा नेपाली चलचित्र ‘तिम्रो नजर’को छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीसहित १४ जनाको नाममा भारतमा रहेको नर्वेजियन दूतावासमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र बोर्ड प्रमुखको हस्ताक्षर नक्कली बनाएर भिसा आवेदन पेस गरेको खुलासा भएपछि केकीले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएकी छन् ।

बुधवार दिउँसो फेसबुकमा स्टाटस लेख्दै उनले यस किसिमको अवान्छित गतिविधिबारे आफूलाई पूर्व जानकारी नभएको र ‘तिम्रो नजर’ नामक चलचित्र आफूले साइन नगरेको स्पष्ट पारेकी छन् । उनले लेखेकी छन्, ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार ‘ब्लु बर्ड एच डि’ नामक निर्माण कम्पनीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्र निर्माण गर्ने बहानामा कलाकारको रूपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको भन्ने समाचारप्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले अगाडि लेखेकी छन्, ‘मैले त्यस्तो नाम गरेको कुनै फिल्म निर्माण कम्पनीसँग कुनै पनि नामको चलचित्रमा सम्झौता गरेकी छैन । र, यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन । साथै, मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागजपत्र, हस्ताक्षर र नामको दुरुपयोग गरि गैरकानूनी कृयाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारवाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहन्छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?