अर्को वर्षदेखि ८५ इन्चसम्मका सामसङ टिभी नेपालमै बन्ने

messenger sharing button

अर्को वर्षदेखि सामसङ टिभी नेपालमै उत्पादन हुने भएको छ । कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमे रोडमा बन्ने सामसङ टिभीको फ्याक्ट्री बुधबार शिलान्यास भएको छ ।

बुधबार नवलपारासीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले फ्याक्ट्रीको शिलान्यास गरे । सन् २०२३ मै सञ्चालनमा ल्याउन लागिएको फ्याक्ट्रीमा कुल ५० करोड लगानी हुने नेपाली साझेदार एवम् गोल्छा अर्गानाइजेसनका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।फ्याक्ट्रीको क्षमता दैनिक एक हजार टिभी उत्पादन गर्ने हुनेछ । नेपाली फ्याक्ट्रीमा ८५ इन्चसम्मका टिभी र त्यसको प्यानल समेत उत्पादन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?