काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड समेत हटाउने भएको छ ।नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको महानगरले अब होर्डिङ बोर्ड पनि हटाउन लागेको हो ।त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको महानगरपालिकाले जनाएको छ ।





