कक्षा १२ को ग्रड वृद्धि परीक्षा असोज ३० र ३१ गते हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड शुक्रबार नतिजा प्रकाशनसँगै नेन ग्रेड कम ल्याउनेहरुले परीक्षा दिने तालिका पनि सार्वजनिक गरेको हो । नतिजाअनुसार १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । जसले उच्च शिक्षा अगाडि बढाउन पाउने छैनन् । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी नन ग्रेडिङ उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।





