नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ ।यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ७ जना पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर गरिएको ३ हजार ५३७ जनाको नमूना परीक्षणबाट २००० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३८१ जनाको आरटी–पीसीआर गर्दा ९२ जना र २ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९७ हजार ७५२ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८३ हजार १०३ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ५ प्रतिशत हो ।
अघिल्लो दिन देशभर २ हजार ८६९ जनाको नमूना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप ३ जनाको मृत्यु भएको थियो । उक्त दिन ३९८ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६४२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ९४ हजार ९११ जनाको स्वाब नमूना परीक्षण गरिएको छ भने अहिले २ हजार ६४२ जना आइसोलेसनमा छन् ।





