बालेनले १०० दिनमा के-के गरे ?

 काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को १०० दिनको कार्यकाल पूरा भएको छ । सय दिनसम्म मेयर बालेनलाई फोहोर व्यवस्थापनकै चुनौतीले घेर्यो ।

त्यस्तै, उनले महानगरका अनधिकृत संरचना हटाउन ३५ दिने सूचना दिएको अवधि सकिएको भोलिपल्टै डोजर लगाएर भत्काउन थाले । यसमा धेरैको समर्थन भएपनि पूर्वतयारी बिना गरिएको भन्दै आलोचना पनि उत्तिकै भयो ।अर्को महत्वपूर्ण कार्य भनेको उनले फुटपाथका व्यवसायीहरुलाई हटाए । यसमा पनि मिश्रित प्रतिक्रिया छ । कुनै व्यवस्थापनको तयारी नगरी गरेर खाइरहेकालाई विस्थापित गर्नु ठीक नभएको तर्क गर्ने जमात पनि ठूलो छ भने सडकमा अड्डा जमाएर व्यवसाय गर्न हुँदैन सडक हिँड्नको लागि हो भन्दै प्रशंसा गर्ने पनि धेरै छन् ।

मेयर बालेनले आफ्नो कार्यकालको बारेमा आफूले भन्दा पनि आम जनताले मूल्यांकन गर्नुपर्ने बताए ।उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो कार्यकाल १०० दिन पुगेको उल्लेख गर्दै आफ्नो कार्यक्षेत्रमा परेका विषयमा सचेत रहेर काम गरेको बताए ।

यद्यपि सूची बनाउँदैमा सफल भइयो भन्न नसकिने उनको तर्क छ ।

बालेनले आफूले गरेका महत्वपूर्ण कार्यहरु यसरी लेखेका छन्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?