नेकपा एमालेले गोरखा २ को प्रतिनिधि सभा सांसद उम्मेदवारमा मिलन गुरुङ चक्रेसहित तीन जनाको नाम सिफारिस गरेको छ ।क्षेत्र २ को क्षेत्रीय समितिको आज आइतवार सकिएको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो ।चक्रे विगतमा विवादास्पद गतिविधिहरुमा संलग्न रहँदै आएका थिए । ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाउन धन बल को पहुँच बनाएका उनलाई एमालेले सिफारिश गरेको हो । यसअघि कांग्रेसले जिउँदै भट्टीमा मान्छे हाल्ने मोहम्मम आफताब आलमलाई सिफारिश गरिसकेको छ ।





