तेस्राे तथा अन्तिम एकदिवसीय अभ्यास क्रिकेटमा केन्याले नेपाललाई दुई सय ५६ रनकाे लक्ष्य दिएकाे छ । नैराेबीमा टस जितेर पहिले ब्याटिङ गरेकाे केन्याले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ५५ रन बनायाे ।
केन्याका लागि कोलिन्स अबुयाले ८४, लुकास एनडानडासनले नटआउट ५९, सुखदिप सिंहले ३७ र इमानुएल बुन्डीले २३ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई/दुई विकेट लिए । यस्तै वसिर अहमद र शाहब आलमले एक/एक विकेट लिए ।
याे खेल जितेमा नेपालले एकदिवसीय शृङ्खला क्लिन स्वीप गर्ने छ । तीन खेलको शृङ्खलामा नेपाल दुई–शून्यले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।





