काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथ व्यवसायीलाई हटाउन थालेको छ ।महानगरले पछिल्लो समय इन्द्रचोक क्षेत्रमा अव्यवस्थित तवरले सञ्चालित पार्किङ, मन्दिर वरिपरिको व्यवसाय आजदेखि हटाउन सुरु गरेको हो ।इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको काठमाडौं महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिइएको पाण्डेले बताए ।





