थप ३०० जनामा कोरोना संक्रमण, १२४ जना निको

पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा संक्रमण देखिएको छ ।योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?