सत्ता गठबन्धनका दलहरुबीच सिट बाँड्ने कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।बैठक आज साँझ ५ बजेका लागि बोलाइएको सञ्चारमन्त्री एवम् कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।कार्यदलले दलहरुले पाउने सिट संख्या टुंगो लगाएर आजै सार्वजनिक गर्ने भएको छ ।मंगलबार बेलुका बैठकपछि कार्कीले आफूहरुबीच करिब करिब सहमति भइसकेको र लिपिवद्ध गर्न मात्रै बाँकी रहेको दाबी गरे ।





