नेपाल क्रिकेट संघ क्यानले जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेमाथि तत्काल कुनै पनि एक्सन नलिने बताएको छ ।वेष्ट इन्डिजजमैकामा हाल क्यारेबियन प्रिमियर लिग खेलिरहेका लामिछानेलाई लागेको आरोपसम्बन्धी छानविनमा सन्दीपलाई सघाउने निर्णयमा क्यान पुगेको बताइएको छ । सन्दीपले क्यान पदाधिकारीसँगको टेलिफोन वार्तामा कानूनी लडाइ लड्ने र त्यसका लागि आफूलाई सहयोग गर्न आग्र गरेपछि यस्तो निर्णयमा पुगेको क्यानले जानकारी दिएको छ ।
एक १७ वर्षीया बालिकाले आफूलाई सन्दीपले जबरजस्ती करणी गरेको भन्दै बलात्कारको उजुरी दर्ता गरेपछि उनी विवादमा तानिएका छन् । यसअघि नेपाली क्रिकेट टीमको कप्तानबाट तत्काल निलम्बन गर्ने निष्कर्षमा पुगेको क्यान केही पछि हटेर कानूनी उपचारमा सन्दीपलाई सघाउने र छानविनबाट आरोप पुष्टि भए मात्रै थप कदम चाल्ने अवस्थामा पुगेको स्रोतको भनाइ छ ।





