गठबन्धनमा आंशिक सहमति, प्रतिवेदन बुझाउँदै कार्यदल

सत्ता गठबन्धनका दलहरुबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटमा आंशिक सहमति जुटेको छ ।सिट बाँडफाँट गर्न गठित कार्यदलको बैठकले बुधबार ८८ सिटमा सहमति गरेको बताइएको छ ।आज बिहान बस्ने कार्यदल बैठक अन्य सिट संख्यामा पनि सहमति गरी प्रतिवेदन पेश गरिने संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।

आज बिहान नौ बजे बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिने र शीर्ष नेताहरुलाई बुझाउने कार्यदलका एक जना सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।‘प्रतिवेदन तयार पारिसकेका छौं, बिहीबार नै शीर्ष नेताहरुलाई बुझाउँदै’ सञ्चारमन्त्रीसमेत रहेका कार्कीले भने ।साउन २० गते कार्यदलको गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?