्काठमाडौं महानगरपालिकाले बालाजुस्थित माछापोखरी क्षेत्रको अनाधिकृत संरचनामाथि डोजर चलाएको छ ।गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरालाई डोजरले भत्काउने काम गरिरहेको प्रहरीले बताएको हो ।महानगरभित्र निर्माण भएका अनाधिकृत संरचनाको विषयमा महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको नगर प्रहरी कार्यलय बालाजुले जनाएको छ ।





