नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता गरीरहँदा काठमाडौंको ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेको छ ।उच्चस्तरीय भेटघाट मंगलबार बिहानदेखि सुरू गरेसँगै सर्वसाधारणले जताततै सवारी जाम झेलेका छन् ।नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका चान्सुले मंगलबार बिहान प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली,सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।





