नेपाल आउने टिकट काटेका सन्दीप एक्कासी टिकट रद्ध गरेर कहाँ गए प्रहरी भन्छ पानी मुनी गएपनि छाडिन्न

निलम्बित क्रिकेटर सन्दीप लामिछाने कहलिे आउलान् र च्याप्प समातौँला भनेर कुरेर बसेको नेपाल प्रहरीलार्य चक्मा दिँदै सन्दीप केन्यबाट दुबई हानिएका छन् ।१७ वर्षीया नाबालिगमाथि ब,ला,त्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको सात दिन भइसकेको अवस्थामा सन्दीप समयमा नै नेपाल आएर कानुनलाई सम्मान गर्ने बताइरहेको भएता पनि उनी अहिले न क्यानको सम्पर्कमा छन्

गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिए लगत्तै क्यानले उनलाई निलम्बनमा राखेपछि केही तनावमा देखिएका सन्दीपलाई प्रहरीले जहाँ भेट्यो त्यही पक्राउ गर्न अनुमति पाए पनि सन्दीप नेपाल नआएका कारण प्रहरी पर्ख र हेरको अवस्थामा छन् ।राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका उनी घटना भएको भोलिपल्टै केन्या पुगेका थिए। भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पुर्‍याएर पटक पटक बलात्कार गरेको आरोप उनीमाथि छ। प्रहरीले सन्दीप लामिछाने नेपाल नफर्किएमा इन्टरपोलमार्फत् उनलाई पक्राउ गर्ने विषयमा छलफल भइरहेको बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भरत बोहराले सन्दीप प्रकरणमा थप अनुसन्धान भइरहेको बताए । प्रहरीले उनलाई अब पर्खिने समय सकिएको र प्रक्रियागत तरिकाले प्रहरी अगाडी बढीसकेको उल्लेख गरे ।यद्यपी इन्टरपोलमार्फत् उनलाई पक्राउ गर्ने तयारी भएको हो त भन्ने प्रश्नमा एसएसपी बोहराले केही बोलेनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार लामिछाने केही दिनअघि नै नेपाल आउन लागेका तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट समेत उनले क्यानसील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?