डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

स्वास्थ्य सेवा सुधारको माग गर्दै २० औं पटक अनसन बसिरहेका डा। गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर धनगढीमा अनसन बसेका डा। केसीको स्वास्थ्यमा समस्या देखिएपछि तेस्रो दिनबाट सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । तर डा केसीले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार डा। केसीको शरिरमा पोषणतत्व र पानीको मात्रा कम हुँदै जाँदा स्वास्थ्य अवस्था जटिलता बढ्दै गएको हो ।

डा.केसीको शरिरमा पोषणतत्व र पानीको असुन्तलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने सिजर सँग लड़न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुन सक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबढ भई अंग र प्रणालीमा खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने अस्पतालले जनाएको छ ।

केसीले मुखबाट पानी र नशा वा रिङगर ल्याक्टेट बाहेक कुनै पनि पद्धार्थ लिन अस्विकार गरेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?