बाबुरामलाई बालेनको जवाफ तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि

काठमाडौं महानगरको मेयर बालेन्द्र साह बालेनले पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन् सामाजिक सन्जाल मार्फत् भट्टराईले बालेनलाई स्वरोजगार व्यवसायीलाई व्यवस्थापन गर्न दिएको सुझावलाई मेयर बालेनले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका हुन् ।

उनले बाबुरामलाई भनेका छन्, ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?