नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढङ्गले परमादेशबाट नक्कली सरकार गठन गर्नु प्रतिगमन भएको बताएका छन् प्रतिनिधिसभाको अन्तिम बैठकलाई आज सम्बोधन गर्दै ओलीले निर्वाचनमा जाने कुरालाई आफूले प्रतिगमन नभन्ने बताउँदै सो कुरा बताएका हुन् ।
‘राजनीतिक स्वार्थका कारण एउटा कोर्ष लिइसक्यो, राजनीतिक स्वार्थका कारणले एउटा गठबन्धन बनिसक्यो,’ अध्यक्ष ओलीले बैठकमा भने, ‘यसले थिति र विधि सबै मिचेर परमादेशबाट एउटा सरकार ल्याइसक्यो त्यतापट्टी छोडिदिउँ ।’ओलीले अगाडि भने, ‘निर्वाचन हुनुलाई निर्वाचनतर्फ जाने कुरालाई प्रतिगमन भनिदैन आवश्यकता अनुसार निर्वाचन भएन र समयभित्र निर्वाचन भएन भने त्यो प्रतिगमन हुन्छ निर्वाचन नुहँदा । जे होस् हामी अब निर्वाचनतर्फ जाँदै छौँ फेरि । म यसलाई प्रतिगमन भन्दिनँ । प्रतिगमन असंवैधानिक ढङ्गले परमादेशबाट नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिगमन हो ।’संविधानविपरीतका काम गर्दा प्रतिगमन हुने ओलीको भनाइ थियो ।





