चोलेन्द्रलाई सर्वोच्च प्रवेश गर्न नदिन आज पनि ठूलो संख्यामा प्रहरी परिचालन

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत फर्किन नदिन आज पनि सरकारले अदालत परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।जबरा कार्यालय समयमा जति बेला पनि सर्वोच्च प्रवेश गर्न सक्ने फर्किने बताइएपछि प्रवेश गर्न नदिन सरकारले बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको प्रहरी स्रोतको दाबी छ ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले शनिबार चोलेन्द्रमाथि महाभियोग लगाउन ९ बुँदे आधारसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो ।प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग स्वतः निष्क्रिय भएको दाबी गर्दै जबराले आइतबार सर्वोच्च अदालतको नियमित काममा फर्कने तयारी गरेसंगै रोक्नलाई आइतबार पनि सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

आइतबार सरकारले जबराको निवासको मुलगेटमै तालाबन्दी गरेर नजरबन्दमा राखेको थियो ।आइतबारनै सरकारले जबराको सुरक्षामा कटौती समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?