डा . गोविन्द केसीलाई काठमाडौं ल्याउने सरकारको तयारी

केसीलाई लिन सेनाको स्काइ ट्रक धनगढी पुग्यो तर आउन मानेन्धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा.गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी भएको छ ।

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं ल्याउन लागिएको बताइएको छ ।अनसनरत केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिदै आएका छन् । यद्यपि उनले सहजै नमाने जबरजस्ती काठमाडौं ल्याइने सरकारको तयारी छ ।डा.केसीको सुगर लेवल घटेर ४० पुगेको छ । यस्तै, प्रेसरको लेभल पनि निकै कम रहेको छ ।केसीलाई लिन नेपाली सेनाको स्काइ ट्रक धनगढी पुगेको भए पनि उनले काठमाडौं आउन अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?