सवारी दुर्घटनमा परी एकैदिन १७ जनाको मृत्यु विवरणसहित

बिहीबार मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतस्थित सडकमा भएको दुर्घटना । यो घटनामा सबैभन्दा धेरै सात जनाको मृत्यु भएको छ ।छुट्टाछुट्टै स्थानमा हिजो बिहीबार भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।बिहीबार मकवानपुर, रुकुमपूर्व, गोरखा, चितवन, दार्चुला, कैलाली र स्याङ्जामा भएको सवारी दुर्घटनामा परी ती व्यक्तिहरूले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मकवानपुरको भिमफेदी गाउँपालिका६ जुरिखेतस्थित सडकमा कुलेखानीबाट भिमफेदीतर्फ आउँदै गरेको ना।३ ख ७८५८ नम्बरको मिनीबस आफै अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खस्दा हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको मधेश प्रदेश ०३००१ज ०२७१ नम्बरको सुमोमा समेत ठोक्किएर बिहीबार दिउँसो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।दुर्घटनामा बसमा सवार बारा झिटकैया४ बस्ने ३३ वर्षीय अन्दुलाहा मियाँ ठकुराई सहित ६ जनाको घटनास्थलमै र १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेहरुमध्ये ४ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवन, २ जनाको सहकारी अस्पताल हेटौंडा, १ जनाको सन्चो अस्पताल हेटौंडा र १३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

रुकुम पूर्वको भूमे गाउँपालिका(२ खावाङ बगरस्थित सडकमा काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग।१ ख ५१०९ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बस चालक रामेछाप घर भई कास्की पोखरा बस्ने २६ वर्षीय लिला भक्त श्रेष्ठ सहित ३ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ५ जनाको ओईस्टन अस्पताल, १ जनाको जिल्ला अस्पताल र ४ जनाको नर्सिङहोम नेपालगंजमा उपचार उपचार भइरहेको छ भने २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

गोरखाको अजिरकोट गाउँपालिका२ वालाङमा ग।१ त ४५७४ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सिरान्चोक गाउँपालिका४ छोप्राक बस्ने २७ वर्षीय बिक्रम श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।चितवनको भरतपुर महानगरपालिका(९ टिकौलीमा ना।७ ख ३७२३ नम्बरको तेल बोक्ने ट्याङकरले बा।८३ प ५५३ नम्बरको स्कुटरलाई बिहीबार साँझ ठक्कर दँदा स्कुटर चालक भरतपुर महानगरपालिका(९ बस्ने ६२ वर्षीय प्राण जवाराको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका(५ गोगनपानीमा म।१ ज २३३ नम्बरको यात्रुबाहक जिप उकालोमा ब्रेकफेल भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका(६ बस्ने १८ वर्षीय दिनेश धामीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका गाडी साहु र चालकलाई ईलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि लटिनाथ स्वास्थ्य चौकी पठाएको छ ।कैलालीको धनगढी उपमहानगरपालिका(१६ स्थित उल्टा पानी भन्ने नालामा से।१ त ३५०३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई नालामा पल्टिएर बिहीबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४३ वर्षीय हरी प्रसाद चौधरीको घट्नास्थलमै मृत्यु भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका८ केदारनाथमा ग।१३ प ५२३२ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही नगरपालिका १३ पाठेखोला बस्ने ५६ वर्षीया गोमाता पाठकको बिहीबार राति मृत्यु भएको छ । मोटरसाइकलबाट लडर गम्भीर घाइते भएकी उनको प्रथामिक स्वास्थ केन्द्र वालिङ हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?